काठ्माण्डौमा एउटा यस्तो मन्दिर छ, जहाँ मनले चाहेको हरेक कुरा पूरा हुनेगर्छ ॐ लेखेर शेर गर्नुहोस् तपाइले चाहेको कुरा पुरा हुनेछ ॐ

काठ्माण्डौको डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् ।

उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् ।मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ
स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन्
पुस्तौँदेखि पूजा गर्दै आएका मुख्य पुजारी तीर्थज्योति वज्राचार्य दैनिक सयौँ भक्तजन मन्दिरको दर्शन गर्न आउने भएकाले पूजाको व्यवस्थापन गर्न चुनौती हुने गरेको बताएका छन् ।

आफ्ना पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिने र जनताको सेवा गर्ने सुवसर पाएकामा आफू भाग्यमानी रहेको उनको भनाइ छ ।

उनका पाँच पुस्ताले एक सय २० वर्षदेखि पूजा चलाउँदै आएका छन् ।दैनिक पूजामा खटिने पुजारीले मासिक तलब रु पाँच सय र पूजा खर्च रु दुई हजार २०० पाउँछन् ।

मन्दिरमा प्रत्येक महिना सरदर रु दुई लाख भेटी सङ्कलन हुने गरेको पुजारी वज्राचार्यले जानकारी दिएका छन् । विशेषगरी मङ्गलबार, बिहीबार र शनिबार यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ ।

आफूले चाहना गरेको कुरा देवीसँग माग्दा पूरा हुने भक्तजनको विश्वास रहिआएको छ ।करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा दैनिक बिहान बेलुका गरी पाँच सयदेखि छ सय दर्शनार्थी पूजाअर्चना गर्छन् ।

त्यसैगरी प्रत्येक वर्ष कुकुर तिहारका दिन यहाँ विशेष मेला लाग्ने गर्छ । नरिवल, लड्डु एवम् अन्य पूजा सामग्रीले पूजा गरिन्छ । मन्दिरमा बडादसैँको नवरात्रिमा पशुबलि दिइँदै आएको छ ।

बस्तीको बीचमा रहेको सो मन्दिर परिसरमा गर्मीमा पीपलको छहारीमा शीतलता लिने र जाडो याममा घाम तापेर न्यानो लिने खुला स्थान भएकाले पनि थकाइ मा’र्न र फुर्सदको समय सदुपयोग गर्नेहरु थुप्रै भेटिन्छन् ।

डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् ।

उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् ।मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ ।

स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन् ।

पुस्तौँदेखि पूजा गर्दै आएका मुख्य पुजारी तीर्थज्योति वज्राचार्य दैनिक सयौँ भक्तजन मन्दिरको दर्शन गर्न आउने भएकाले पूजाको व्यवस्थापन गर्न चुनौती हुने गरेको बताएका छन् ।

आफ्ना पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिने र जनताको सेवा गर्ने सुवसर पाएकामा आफू भाग्यमानी रहेको उनको भनाइ छ ।

उनका पाँच पुस्ताले एक सय २० वर्षदेखि पूजा चलाउँदै आएका छन् ।दैनिक पूजामा खटिने पुजारीले मासिक तलब रु पाँच सय र पूजा खर्च रु दुई हजार २०० पाउँछन् ।

मन्दिरमा प्रत्येक महिना सरदर रु दुई लाख भेटी सङ्कलन हुने गरेको पुजारी वज्राचार्यले जानकारी दिएका छन् ।विशेषगरी मङ्गलबार, बिहीबार र शनिबार यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ ।

आफूले चाहना गरेको कुरा देवीसँग माग्दा पूरा हुने भक्तजनको विश्वास रहिआएको छ ।करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा दैनिक बिहान बेलुका गरी पाँच सयदेखि छ सय दर्शनार्थी पूजाअर्चना गर्छन् ।

त्यसैगरी प्रत्येक वर्ष कुकुर तिहारका दिन यहाँ विशेष मेला लाग्ने गर्छ । नरिवल, लड्डु एवम् अन्य पूजा सामग्रीले पूजा गरिन्छ । मन्दिरमा बडादसैँको नवरात्रिमा पशुबलि दिइँदै आएको छ ।

बस्तीको बीचमा रहेको सो मन्दिर परिसरमा गर्मीमा पीपलको छहारीमा शीतलता लिने र जाडो याममा घाम तापेर न्यानो लिने खुला स्थान भएकाले पनि थकाइ मा’र्न र फुर्सदको समय सदुपयोग गर्नेहरु थुप्रै भेटिन्छन् ।

सरकारी गलैचा र फर्निचर गाडीमा राखेर रातारात घरतिर टाप कसे निवर्तमान मन्त्री

काठमाडौं, ६ पुस । निवर्तमान उर्जामन्त्री बर्षमान पुनले मन्त्री क्वाटर छाड्ने क्रममा सरकारी गलैचा आफैसँग लगेका छन् ।

आइतबार राति ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटर छाडेका पुनले सरकारी पैसामा किनिएको गलैचा आफैसँग लगेका हुन् ।

निवर्तमान मन्त्री पुनका स्वकीय सचिव युवराज घर्ती मगरले गलैचा लगेको विषयलाई अनावश्यक रुपमा उचालिएको बताएका छन् । मान्छेले केही नपाएपछि कमजोरी खोज्छ भन्दै सहयोगी युवराजले सरकारी गैलाचा नलगेको दाबी गरे ।

मन्त्रीहरूलाई बस्न दिइने गरिएको मन्त्री क्वाटरमा सरकारले नै कार्पेट, गलैचा, सोफा, कुर्सी लगायतका सामग्री दिने गरेको छ ।

निवर्तमान मन्त्री पुनले पिकअप गाडीमा ठूला–ठूला तीन वटा गलैचा राखेको तस्वीरमा देखिएको छ । पुनले गलैचा नै नलगेको भए हुने थियो भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

यसअघिका मन्त्रीहरूले पनि मन्त्री पद फुत्किएपछि सरकारी सामानहरू लगेर गएका धेरै समाचार आइसकेका छन् ।

सरकारी गलैचा र फर्निचर गाडीमा राखेर रातारात घरतिर टाप कसे निवर्तमान मन्त्र

अमेरिकामा कामविहीन बन्दैछन् नेपाली, एक करोड अमेरिकीले बेरोजगारी भत्ताको फारम भरे

पछिल्लो दुई हप्तामा १ करोड अमेरिकीले बेरोजगारी भत्ताको फर्म भरिसकेका छन् । अमेरिकाको अर्थतन्त्र कता गइरहेको छ भन्ने कुरा यसबाट नै स्पष्ट हुन्छ ।
कोरोना भाइरसका कारण अहिले अमेरिकाभरि व्यापार व्यवसाय ठप्पजस्तै हुँदा धेरै कम्पनीहरुले कर्मचारी कटौती गर्न थालेका छन् । यसबाट नेपाली समुदायपनि अछुतो छैन ।
७ महिनादेखि मिनेसोटा राज्यको एक कम्पनीमा फूलटाइम पेड इन्टर्नशीप गरिरहेकी २१ वर्षीया स्रष्टा कोइराला कामबाट एक्कासी निकालिँदाको पीडा पोख्दै भन्छिन्, ‘एकदमै नरमाइलो लाग्यो । तर, पछि आफू मात्र नभई धेरैलाई यसरी कामबाट निकालेको रहेछ भन्ने थाहा पाएपछि भने चित्त बुझाएँ ।’
उनले थपिन्, ‘हेर्दै जाऔं, विस्तारै राम्रो होला ।’
कोरोनाका कारण जागिरमात्र होइन, स्वरोजगारीमा पनि असर परिरहेको छ । न्युयोर्क राज्यमा उबर ट्याक्सी चलाएर जीविकोपार्जन गरिरहेका ४१ वर्षे जीवननाथ कँडेल एकदमै निराश देखिन्छन् ।
‘एक महिना भो, काम गर्न नपाएको’ उनले भने ।
यो पेशा उनको श्रीमती र २ छोराहरुको पालनपोषण गर्ने एकमात्र आयस्रोत हो । तर, उनी अहिले घरबाट बाहिर निस्कने अवस्था छैन ।
‘यो अवस्था लम्बिँदै गयो भने साँच्चै नै गाह्रो हुन्छ,’ उनले भने ।
यता अमेरिकी केन्द्रीय सरकारले कोरोना भाइरसका कारण रोजगार गुमाएका र स्वरोजगारी गर्नेहरुका लागि भनेर ४ महिनाका लागि हप्ताको ६०० डलर राहत प्याकेज ल्याएको छ । यसका अलवा, राज्य सरकारबाट पनि उनीहरुले बेरोजगारी भत्ता पाउँछन् ।
नेपालीहरुलाई आर्थिक रुपमा राहत दिने उद्देश्यले न्युयोर्कस्थित नेपाली व्यवस्थापनमा सञ्चालित एभरेष्ट फेडरल क्रेडिट युनियनले नेपाली समुदायलाई सहयोग पुगोस् भनेर २ हजार डलर निर्ब्याजी ऋण दिइरहेको छ ।
‘एक महिनाका लागि ब्याज तिर्नुपर्दैन र त्यतिभित्र तिर्न नसके १८ महिनाको किस्ताका रुपमा परिणत गरेर सहज बनाएका छौं’ युनियनका कार्यकारी निर्देशक विराज रिजालले भने ।
यतिखेर अमेरिकाभर नै एकदमै अन्योलको अवस्था छ । कोरोनाका कारण ज्यानको जोखिम त छ नै, त्यसमाथि आर्थिक तनाव बढ्दै जाने पनि देखिएको छ ।
न्युयोर्क शहरमा रहेका नेपालीहरुलाई सहयोग पुयाउन फेसबुक समूह बनाएर अग्रसर भइरहेका एक सामाजिक अगुवा यादव बास्तोलाका अनुसार यही अवस्था लम्बिँदै गयो भने नेपाली समुदायमा यसले ठूलोे आर्थिक संकट निम्त्याउँछ ।
‘विशेष गरी ज्यालादारी काम गर्ने नेपालीलाई गाह्रो छ’ उनले भने, ‘भएको केही बचत रकम पनि धेरैले नेपाल पठाउने भएकाले यो समस्या लम्बिँदै गयो भने नेपालीहरु धेरै प्रभावित हुने देखिन्छ।